भूकम्पपीडितलाई चिसोबाट जोगाउन आग्रह

२०८० मंसिर २६ गते, मंगलवार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई तत्काल चिसोबाट जोगाउने व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको बताउँदै जाजरकोट र रुकुम पश्चिम पुगेर फर्कीएका आयोगका सदस्य मिहिर ठाकुरले सो आग्रह गरेका हुन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँग कुरा गर्दै उनले तत्काल चिसोबाट जोगाउन नसकिए त्रिपालमुनि बसेकाहरुको अझ धेरै ज्यान जानसक्ने बताए ।
त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला, वृद्धवृद्धा तथा बिरामीलाई दाउरा, न्यानो कपडा, औषधिको आवश्यक देखिएको ठाकुरले जानकारी दिए । उम्ले जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेको बताए ।
केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन पनि उनको आग्रह छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार