काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको जनाएको छ । महाशाखाले आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेकोजनाएको छ । महाशाखाका मौसमविद सरोज पुडासैनीले आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको र यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको जानकारी दिए । ‘केही दिनयता न्यूनतम तापक्रम घट्दै गइरहेको छ,’ मौसमविद पुडासैनीले भने, ‘तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना छ ।’
आज दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ । आगामी दिनमा जाडो झन् बढ्ने सम्भावना रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।