सेती नदीको बाँध खोलिँदै : सतर्क रहन आग्रह

२०८० मंसिर २८ गते, बिहीबार


काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सोमबार साँझदेखि बेपत्ता भएका तनहुँका १९ वर्षीय संगम मिश्रलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ । बिरामी भएर मिश्र उपचारका लागि मणिपाल अस्पतालमा भर्ना भएका थिए । इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ जाने झोलुङ्गे पुलमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि सेती नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको खोजी गर्न ड्याम खोल्नुपर्ने भएकाले प्रहरीले दिउँसो १२ बजेदेखि ४ बजेसम्म ड्यामभन्दा तलका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु