नारायणगढ मुग्लिन दैनिक ४ घण्टा बन्द हुने

२०८० पुष १ गते, आईतवार

काठमाडौँ । । नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो । सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने छ । गत बर्ष पनि सो खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो । गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाउँबाट चट्टान काट्ने प्रयास गरिएको थियो । करिब ३० प्रतिशत चट्टान फुटाएपछि काम रोकिएको थियो । तुइन खोलामाथिको पहाडमा अनुमान गरेभन्दा कडा चट्टान भेटिएपछि आयोजना नियन्त्रित विस्फोट मार्फत पहाड फुटाउने विकल्पमा पुगेको थियो । तुइन खोलाको नारायणगढतर्फको भाग भने अधिकांश काटिसकिएको छ । यो सडक खण्डमा नयाँ १९ वटा पुल बन्ने योजना भए पनि हालसम्म ९ वटा पुलमात्र सञ्चालनमा आएका छन् । ८ वटा पुल आगामी दुई महिनाभित्र सञ्चालन गर्ने तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

लागूऔषधसहित २० जना पक्राउ

२०८१ चैत्र ३ गते, आईतवार

‘भिटौला’ पर्व सुरु

२०८१ चैत्र २ गते, शनिबार