नेकपा पश्चिम कपिलबस्तुद्वारा दुई महिने अभियान सुरु

२०८० पुष ११ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुले दुई महिने ‘पार्टी संगठनलाई सुदृढ र बिस्तार गरौ,राज्य षड्यन्त्रको भण्डाफोर गरौँ’ भन्ने मुलनाराको अभियानको उद्घाटन गर्दै १३१ औं माओ जयन्ती मनाएको छ । सो पार्टीले मंगलबार जिल्लाको बिजय नगर गाउँपालिका भटनीमा एक कार्यक्रमको आयोजना गरी अभियान उद्घाटनसंगै माओ जयन्ती मनाएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज हेमन्त सीले माओको योगदानको चर्चा गर्दै नेकपाले संचालन गर्ने दुई महिने अभियान जनता सम्म लिनुपर्ने बताए । उनले जनताको समस्या समाधानमा माओले चीनमा योगदान पुर्याए जस्तै नेपालमा पनि नेपाली जनताको अहिलेको संकटको निकास नेकपाले दिने गरी योगदान पुर्याउनु पर्ने बताए । उनले अमेरिकी साम्राज्यवाद नेपालमा हस्तक्षेपकारी भएर आएको भन्दै त्यसका विरुद्ध सबै मिलेर लड्नुपर्ने बताए ।
यसैगरी, उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य आरोह सीले जनतासंग माछा र पानीको सम्वन्ध स्थापित गर्नुपर्ने बताए । उनले राज्यले नेकपामाथि षड्यन्त्र गरेर पक्राउ पूर्जी जारी गरेको बताए । नेता आरोहले बन्दुक चलाउने र गोली खान तयार भएका क्रान्तिकारी मान्छेहरु विरुद्ध पक्राउ पूर्जी जारी गर्दैमा नेकपा नडराउने चेतावनी दिए ।
उक्त कार्यक्रममा केन्द्रीय प्रतिनिधि समिति सदस्य रुपा सीले राज्य षड्यन्त्रलाई भण्डाफोर गर्दै जनता सम्म संगठन बनाउन जानु पर्ने बताईन । उनले राज्यले तीन बुँदे सहमति उल्लंघन गरेर षड्यन्त्र गरिरहको आरोप लगाईन ।
उक्त कार्यक्रममा अतिथिको रुपमा नेकपाका केन्द्रीय सदस्य आरोह सी, प्रतिनिधि सदस्य रुषा सी जिल्ला सल्लाहकार हिमाल सी र सहिद परिवारको तर्फबाट मनकुमारी सीको उपस्थिति रहेको थियो । पश्चिम कपिलवस्तु सेक्रेटरी पावेल सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बादल सीले गरेका थिए । -मनबहादुर सहकारी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार