‘राजतन्त्र अन्त्य गरेकोमा नेपाली जनताले गर्व गर्नुपर्छ’

२०८० पुष ११ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य आधार सीले राजतन्त्र अन्त्य गरेकोमा नेपाली जनताले गर्व गर्नुपर्ने बताएका छन् । १३१औं माओ जन्म जयन्तीकाे अवसरमा मंगलबार सल्यानमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले माैलाेहाले बजारमा माओकाे जन्म जयन्तीकाे अवसरमा आयोजना गरेको बिशेष कार्यक्रम मार्फत जिल्लाकाे दुई महिने अभियान उदघाटन गर्दै नेता आधार सी ले भने, ‘चीनकाे आजकाे सम्पन्नता तथा वैभबले कम्युनिस्ट व्यवस्था तथा समाजवादकाे श्रेष्ठता देखाएको छ।’
उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष तथा नेकपाकी पाेलिटव्युराे सदस्य बन्धु सीले नेपाली क्रान्तिमा बलिदान गरेका जनताले गणतन्त्रमा अपनत्व नपाएको धारणा व्यक्त गरिन । उनले भनिन्- ‘क्रान्तिमा पुरुष बराबर महिलाले भुमिका निभाएकाे हुनाले देशमा गणतन्त्र स्थापना हुन सफल भएको हाे ।’
उनले महिलाहरु पुँजिवादी उपभोक्ताहरुका साधन मात्रै नभएर समाजवाद स्थापनाकाे लागि लडनु पर्ने बताइन् ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला समितिका भीम सीले विश्व सर्वाहारा तथा श्रमजीवी वर्गका महाननेता माओकाे याेगदान बारे चर्चा गरेका थिए ।
माओ जन्म जयन्ती तथा दुई महिने अभियान उदघाटनकाे बिशेष कार्यक्रम पार्टीका जिल्ला सचिवालय सदस्य मेस्सी सीकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमकाे संचालन पार्टी जिल्लाका अर्का सचिवालय सदस्य तथा कुमाख गाउँपालिका इन्चार्जमाेहन पुरुष सीले गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई जिल्ला सदस्य प्रेम सीले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय सामना परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु