‘नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएका छन्’

२०८० पुष ११ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा पश्चिम ताम्सालिन ब्यूरो ईन्चार्ज आजाद सीले नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएको बताएका छन । मङगलबार नेकपा पश्चिम ताम्सालिन ब्यूरो अन्तरगत नुवाकोट जिल्ला पार्टीको विशेष बैठकलाई सम्बोधन गर्दै नेता आजादले नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएकाले नेकपामाथि विभिन्न षड्यन्त्र गर्न लार्गको बताएका हुन । उनले अदालतको पक्राउ पूर्जी नेकपाको लोकप्रियताबाट आत्तिएका दलाल तथा साम्राज्यवादीहरुको षड्यन्त्र भएको बताए ।
नेता आजाद सी ले लोकप्रिय पार्टीलाई साथ दिएर एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा समाजवादी व्यवस्थाको स्थापिना गर्नुपर्ने बताउदै भने- “जनलहर ल्याउनुपर्छ, अनि मात्र क्रान्ति सम्पन्न हुन्छ“उनले भने “सबै दलालहरुलाई छट्पटी भएको छ, नेकपाको लोकप्रियताबाट उनीहरू आत्तिएका छन् । नेकपालाई सिध्याउन विभिन्न षड्यन्त्र गरी राखेका छन, यसलाई परास्त पार्नुपर्छ । “
सरकार तीन बुँदे सहमति प्रति गम्भीर नभएको बताउदै उनले सहमति कार्यान्वयन गर्न आग्रह गरे । बैठकले पार्टी संगठनलाई सुदृढ गर्ने, राज्य षड्यन्त्रको भण्डाफोर गर्ने अभियान संचालन गर्ने र सम्पूर्ण जिल्ला पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । बैठकको अध्यक्षता नेकपा ब्यूरो सदस्य तथा नुवाकोट जिल्ला सेक्रेटरी संगम सीले गरेका थिए। -बिनितकुमार तिरुवा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार