नेकपा पूर्वी प्यूठानले पक्राउ पूर्जी र एमसीसी विरुद्ध सशक्त संघर्ष गर्ने

२०८० पुष १३ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी प्युठानको बुधवार बसेको प्रथम पूर्ण बैठकले अदालतको कथित पक्राउ पूर्जी र राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको छ । सो पार्टीले मिटर ब्याज र लघुवित्तको चर्को ब्याजदर,भ्रष्टाचार लगायतका विकृतिका विरुद्ध पनि सशक्त संघर्ष गर्ने समेत निर्णय गरेको छ ।
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच तिन बँुंदे सहमतिपत्रमा हस्ताक्षर भएको करिब ३ बर्ष पुग्न लाग्दा पनि उल्टै सहमति विपरित पक्राउ पूर्जी जारी गरिएको छ । नेकपाले यस घटना विरुद्ध आपत्ति जनाउदै विरोध गर्दै आएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज जागृति सीले सरकार र नेकपा बिच तीन वुँदे सहमति यथाशिघ्र कार्यान्वयन गरिनुपर्ने बताए । उनले नेता कार्यकर्ता माथी लगाइएका झुट्टा मुद्धाहरु सरकार प्रमुखले नै खारेज गर्ने विषयमा सहमति गरिसकेकाले अदालतले स्वत ति मुद्धाहरु खारेज गर्नुपर्ने बताए । बैठकले २ महिने संगठन सुदृढ तथा विस्तार,राज्य षड्यन्त्रको भण्डाफोर अभियान जिल्लामाभर संचालन गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी पूर्वी प्यूठनका सेक्रेटरी मुस्कानले जिल्लामा प्यूठान नगरपालिका,नौबहिनी गाउँपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिका गरी ५ वटा स्थानिय तह रहेको र सबैठाउँमा पार्टीले अभियान संचालन गर्ने जानकारी दिए । -राजेन्द्र रावत क्षेत्री

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार