नेपाली जनताको मुख्य दुश्मन दलाल पुँजीवाद र साम्राज्यवाद

२०८० पुष १३ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव विजय सीले नेपाली जनताको दुश्मन भनेको दलाल पुँजीवाद र साम्राज्यवाद भएको बताएका छन । बुधवार नेकपा पश्चिम कपिलबस्तु जिल्लाको चौथों पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । नेता विजयले दलाल पुँजीवाद र साम्राज्यवादलाई परास्त नपारे सम्म नेपालमा समाजवादी व्यवस्था स्थापना नहुने बताए । उनले अहिलेको आवश्यकता समाजवादी मोर्चाले अगाडि सारेको नेपाली विशेषताको समाजवाद भएको जिकिर गरे ।
नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सीले पार्टी जन्ताको माझ अझै नपुगेको बताए । उनले अबको दुई महिने अभियान र योजनामा पार्टी जनताको साथमा जाने बिस्वास ब्यक्त गरे ।
बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य सुस्मा सी, जिल्ला सल्लाहकार हिमाल सी र सहिद प्रतिस्ठान समितिका अध्यक्ष भेग ब थापाको पनि आतिथ्यता रहको थियो । पश्चिम कपिलवस्तु जिल्ला सचिव पावेल सीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । जिल्लामा दुई महिने अभियान संचालन गर्ने निर्णय गर्दै बैठक बुधवार नै सकिएको छ । – मनबहादुर सहकारी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार