उपत्यकामा संचालित मोबाइल पत्रकारिता तालिम सम्पन्न
काठमाडौँ । जनपत्रकार संगठन नेपाल,उपत्यका प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको दुई दिने मोबाइल पत्रकारिता तालिम सुक्रवार सम्पन्न भएको छ । सूचना प्रविधिको प्रयोग, सञ्चारका पछिल्ला विकसित माध्यमहरु, सामाजिक सञ्जाल, समाज र जनताको पक्षमा सूचना सम्प्रेषण गर्ने उद्देस्य सहित विहिबारबाट सञ्चालन भएको तालिम सुक्रवार सम्पन्न भएको हो । दुई दिन सम्म सञ्चालन गरिएको तालिममा मोबाइल पत्रकारिता र फिचर लेखन सम्बन्धीका विभिन्न कक्षाहरु सञ्चालन गरिएको छ ।
तालिममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका प्रदेश समिति संयोजक शोभराज बरालले आधारभूत पत्रकारिता, पत्रकार आचार संहिता र भिडियो इडिटिङ सम्बन्धी कक्षामा ज्ञान दिएका छन ।
अनलाइन टेलिभिजन पत्रकार संघ नेपालका अध्यक्ष जीवन भण्डारीले डिजिटल मिडियाको अवस्था,प्रयोग र नियमनको विषयमा ज्ञान दिएका छन ।
त्यस्तै प्रेस सेन्टरका सचिव केशव भुलले फिचर लेखन सम्बन्धी कक्षा लिएका थिए भने अनलाइन टेलिभिजन पत्रकार संघ नेपालका महासचिव पवन फुइयालले मोबाइल पत्रकारिताको कक्षा लिएका थिए । तालिमको समापन कार्यक्रममा सहभागीहरुले अनुभूति राख्दै कार्यक्रम नयाँ विषयवस्तु सहित उत्साहजनक भएको र यसले थप उर्जा पैदा भएको बताएका छन । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर बिश्वकर्माले तालिममा सहभागीहरुलाई धन्यवाद दिएका छन ।
शोभराज बराललको अध्यक्षता सम्पन्न भएको समापन कार्यक्रमको संचालन संगठनका केन्द्रीय सचिवालय सदस्य साहस भट्टले गरेका थिए ।- कमल बिश्वकर्मा