नेकपा दैलेखद्वारा दुई महिने अभियानलाई तिव्रता

२०८० पुष १७ गते, मंगलवार


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी दैलेखले संगठन सुदृढ तथा विस्तार गरौं,राज्य षड्यन्त्रको भण्डाफोर गरौं भन्ने दुई महिने अभियानलाई जिल्लामा तिव्रता दिईरहेको छ । यसैक्रममा सो पार्टीले सोमबार जिल्लाको आठविस नगरपालिकाका कर्मचारी र राजनीतिक दलका नेताहरुसंग छलफल गरेको छ ।
नेकपाका जिल्ला इँन्चार्ज कलम सीले नगरपालिकाका कर्मचारीलाई वर्तमान देशको अवस्था र समाजवादी मोर्चाका बारे प्रष्ट्याएका छन ।
उनले देशमा दलाल संसदीय व्यवस्था असफल भएको भन्दै देशमा नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताए ।
यस्तै नेकपाका जिल्ला इन्चार्ज कलमले आजै नरपालिकामा क्रियाशिल तथा समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका नेताहरुसंग पनि छलफल गरेका छन ।
छलफलमा जिल्लामा समाजवादी मोर्चाको गठन र घोषणा कार्यक्रम छिटो गर्ने बातावरण मिलाउनका लागि जिल्ला स्तरमा आ आफ्नो दलका प्रमुखसंग आग्रह गर्ने निर्णय भएको छ । सो क्रममा नेकपाले आफ्नो अभियानको लक्ष्य र उद्देश्य बारे पनि बुझाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु