पत्रकार डुम्रेद्वारा दिवंगत बुवाआमाको स्मृतिमा १ लाखको अक्षयकोष स्थापना
काठमाडौँ । जनपत्रकार संगठन नेपालका पूर्व अध्यक्ष प्रकाश डुम्रेले दिवंगत बुवा टेकलाल डुम्रे र आमा राधिका डुम्रेको स्मृतिमा रु. १ लाखको टेकलाल-राधिका स्मृति अक्षयकोष स्थापना गरेका छन् । गत पुस ९ गते उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन हुनुभएको बुबा टेकलाल र ०६१ सालमा दिवंगत भईसक्नु भएकी आमा राधिकाको स्मृतिमा उक्त कोष स्थापना गरिएको हो । कोषले सामाजिक एवम् शैक्षिक क्षेत्रमा रचनात्मक तथा सिर्जनात्मक कार्यहरू गर्ने छ ।
विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि प्रत्येक फरकफरक वर्ष स्मृति दिवसको अवसरमा आर्थिक सहयोग वा स्टेसनरी सामग्री,खेलकुद सामग्री लगायतको सहयोग गर्ने लक्ष्य राखिएको पत्रकार डुम्रे बताए । साथै स्मृतिमा फरकफरक वर्ष र स्थानमा भलिबल, फुटबल/फुटसल, क्रिकेट लगायतका स्मृतिमा खेलकुद कार्यक्रम गर्ने उदेश्य लिएको छ ।
साथै वृद्धा आश्रम, बालगृह, स्याहार केन्द्रहरुमा सकेको सहयोग गर्ने योजना राखिएकाे छ ।
रु. १ लाख बराबरको स्मृति अक्षयकोषबाट प्राप्त ब्याजमा प्रत्येक वर्ष थप केही रकम थपेर कार्यक्रमहरु गर्ने उदेश्य लिएको छ ।
टेकलाल राधिकाका ५ छोरी र ३ छोरा छन् ।