काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस

२०८० पुष २० गते, शुक्रबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको जनाएको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो । पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस मापन भएको र यो यस सिजनको अहिलेसम्मको सबैभन्दा कम तापक्रम भएको झाले बताए । न्यूनतम तापक्रम घटेकाले आज काठमाडौंमा अन्य दिनको तुलनामा जाडो पनि धेरै महसुस भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात तथा तराई मधेशमा हुस्सु कुहिरो लागिरहेको छ ।
पश्चिमी वायुको प्रभावले केही बदली पनि भइरहेको छ । यसले कुहिरो हटाउन मद्दत गर्ने भए पनि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरुले बताएका छन् । मौसमविद विनोद पोखरेलले सामाजिक सन्जाल एक्समा लेखेका छन् – ‘पश्चिमी वायुको प्रभावले बदली भइ कुहिरो हटाउन सहयोग गरेको छ तर आगामी एक हप्तासम्म नेपालमा वर्षाको सम्भावना छैन। ’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार