४७ किलो चाँदीका गरगहनासहित तीन जना पक्राउ

२०८० पुष २४ गते, मंगलवार


काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदीका गरगहनासहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले कलैया नगरपालिका १० बारामा कामेश्वर शाह, बीरगन्ज महानगरपालिका ३ पर्साका सुमनकुमार सरार्फ र बिश्रामपुर गाउँपालिका ५ पर्साका मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमाविभिन्न ठाउँमा छापा हानेको थियो। त्यसक्रममा चाँदीका गहनासहित उनीहरूलाई पक्राउ गरिएको एसपी रेग्मीले बताए। पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु