सुदूरपश्चिममा शीतलहर: जनजीवन प्रभावित

२०८० पुष २६ गते, बिहीबार

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा बढेको शीतलहर र चिसोले स्थानीय प्रभावित भएका छन् । शीतलहर र चिसोले वृद्धवृद्धा, बालबालिका तथा ज्यालादारीमा काम गर्ने मजदुरको जनजीवन कष्टकर बनेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक स्थलमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।
शीतलहरका कारण तरकारी बालीमा समेत डढुवा रोगको जोखिम बढेको छ । डढुवा रोगले आलु, गोलभेडा लगायत तरकारी बालीमा असर परेको स्थानीय कृषक बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु