काठमाडौँको टुँडिखेलमा भिडमा चेपिएर ८ जना घाइते

२०८० माघ १ गते, सोमबार


काठमाडौँ । मगर र थारु समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको माघे संक्रान्तिको कार्यक्रममा सहभागी हुन गएका ८ जना भिडमा चेपिएर घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भिडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ । प्रहरीले भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भिडमा उनीहरु चेपिएका जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु