बस दुर्घटना : दुईजनाको मृत्यु

२०८० माघ ८ गते, सोमबार


काठमाडौँ । बर्दियाबाट काठमाडौँका लागि गुडेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका– ९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका– १ का भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बसमा ४७ जना सवार रहेका थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार