काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस

२०८० माघ ८ गते, सोमबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिदै भनिन – ‘काठमाडौंमा २०८० र सन् २०२४ मा यो तापक्रम अहिलेसम्मकै कम हो ।’
यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २० गते मापन गरिएको थियो । पुस २० गते (शुक्रबार) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो ।
महाशाखाका अनुसार, हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ४.१ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको शनिबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार