अन्तरराष्ट्रिय एग्रिटेक प्रदर्शनी माघ १२ देखि

२०८० माघ १० गते, बुधबार

काठमाडौँ । छैटौं नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। मीडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रूपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी गर्न लागेको मिडिया स्पेस सोलुसन प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए। उनले छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका सयभन्दा बढी स्टल रहने बताए। उनले विशेष गरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल रहेको उल्लेख गरे।
उनले प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले गर्ने कार्यक्रम रहेको बताए। उनले योभन्दा अगाडिका प्रदर्शनी भरतपुर चितवनमा गरे पनि यस वर्ष कृषि क्षेत्रमा काम गर्ने सरकार लगायत सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहेको बताए। उनले देशभरका किसानलाई प्रदर्शनी भ्रमण गराउन सहज हुने भएकाले काठमाडौंमा आयोजना गरिएको बताए।
उनले ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनीको आयोजना गर्नु भनेको देशका विभिन्न क्षेत्रबाट आउने किसान नवीन प्रविधिको बारेमा जानकारी दिनु रहेको बताए। उनले प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाइ, विषादीरहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए।
मेलामा देशभरबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रदर्शनीमा आधुनिक प्रविधिका बारेमा जानकारी दिने आयोजकले जनाएको छ।
प्रदर्शनीमा करिब २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको र निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार