काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस

२०८० माघ १३ गते, शनिबार

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएकोजानकारी दिए । आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा विहान ८ : ४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ। दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो।
यसैगरी, अर्यालले जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको बताए। उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको बताए। अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले बताए। तराईमा राम्रोसँग घाम नलाग्ने तर लागे पनि कम न्यानो हुन्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु