केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

२०८० माघ १५ गते, सोमबार


काठमाडौँ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै १ जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राउतले विभिन्न राजनीतिक नेतृत्वसंगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वहरुसँग नजिकको सम्बन्ध रहेको भनि सर्व साधारणलाई विभिन्न वहाना वनाई ठगी गर्ने गरेको समेत खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु