बाँदर नियन्त्रणका लागि रुख काट्न उर्दी !

२०८० माघ १६ गते, मंगलवार


काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न सूचना जारी गरेको छ। पोखरा-१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न सूचना जारी गरेका हुन् । वन जंगल र रुख विरुवाको संरक्षण गर्नुपर्नेमा वडाध्यक्षले नै रुख काट्न उर्दी गरेको भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।
‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ,’ वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रियाहरु

[anycomment]