बस र टिपर ठोक्किँदा १७ जना घाइते

२०८० माघ १९ गते, शुक्रबार


काठमाडौँ । पश्चिम नवलपरासीको सुनवलमा काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिप ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले दुर्घटनाबारे जानकारी दिँदै भने- ‘‘बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते हुनुभएको छ । ६ जना डिस्चार्ज भइसक्नु भएको छ । अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस हुनुहुन्छ । उहाँको टाउकोको अपरेसन गर्नुपर्ने भनिएको छ ।’
घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार