अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रेकाे अध्यक्षमा कुमार सी

२०८० माघ २७ गते, शनिबार


काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रेकाे ८ औँ जिल्ला सम्मेलन र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघकाे प्रथम भेला बनेपामा सम्पन्न भएको छ ।
सम्मेलनले कुमार सीकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे इन्चार्ज बिन्दु सी, केन्द्रीय सदस्य तथा प्रकाशन विभागका प्रबन्धक निर्देशक सञ्जिव सी, केन्द्रीय सदस्य जित सी, केन्द्रीय सदस्य जिवन्त सी, पुर्वी ताम्सालिङ ब्युरो जवस इन्चार्ज युगिन सी, तामाङ राष्ट्रिय मुक्ति माेर्चा संयाेजक प्रेरक, अखिल नेपाल ट्रेड युनियनका संयाेजक टेक सी, महासंघकाे अन्तर्गत निमार्ण संघकाे संयाेजक शिव सी, केन्द्रीय प्रतिनिधि सदस्य कल्याण सी, काभ्रे -2 का इन्चार्ज प्रताप सी, काभ्रे -1 का सेक्रेटरी राजेन्द्र सीलगायतले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रम अध्यक्षता कुमार सीले गरेका थिए भने संचालन काभ्रे जवस इन्चार्ज परिभाषा सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार