वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढौं

२०८० फाल्गुन १ गते, मंगलवार

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले  २९ औं   जनयुद्ध दिवसको अवसरमा  वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढन  देशभर छरिएर रहेका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , देशभक्त तथा  जनतान्त्रिक शक्तिलाई अपिल गरेको  छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो अपिल गरेका हुन्। 

अध्यक्ष   केसीले बिज्ञप्तिमार्फत् विक्रम सम्बत २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले सञ्चालन गरेको १०  वर्षे   सशस्त्र जनयुद्ध तत्कालीन नेपाली समाजको राजनीतिक , आर्थिक , सामाजिक , साँस्कृतिक लगायत वर्गीय क्षेत्रीय , लिङ्गीय समेतका विभेदहरुको आमूल परिवर्तन जनताको नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा पुगेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्ने महान् उद्श्येका साथ सञ्चालन गरिएको समग्र वर्गयुध्द भएको उल्लेख गर्दै    त्यसबाट नेपाली जनता र नेपाल राष्ट्रलाई  महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त भएको बताएका छन  ।

उनले उक्त महान् दश वर्षे जनयुद्धको मुख्य नेतृत्वले गध्दारी गरी सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको नेपालको दलाल संसदीय व्यवस्थालाई टिकाई राख्ने र त्यसकै सरकारको नेतृत्व गर्न पुगेपछि उपलब्धिका रुपमा रहेका जनसत्ता, जनअदालत , जनकम्युन , जन सरकार , जनमुक्ति सेना , हतियार समेत गुमाउन पुगेको र प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको  वर्तमान अवस्थामा तिनीहरूको पुनः प्राप्ति र थप उपलब्धिहरु हासिल गर्दै महान् नेपाली जनताको सुन्दर सपनाको रुपमा रहेको नयाँ जनवाद , वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढ्नका निम्ति देशभर छरिएर रहेका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , दशभक्त तथा  जनतान्त्रिक शक्तिहरु एकजुट हुन   अपिलसमेत गरेका छन  ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु