बस दुर्घटना : १० को मृत्यु, ३० घाइते

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । शिवराज नगरपालिका–१ सुरही पुल नजिकै सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
हालसम्म मृतकहरुको सनाखत हुन सकिरहेको छैन । प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यलाई सञ्जीवनी र आधारभूत अस्पताल पठाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।