बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने धामी पक्राउ

२०८० फाल्गुन ४ गते, शुक्रबार


काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको छ। बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन्। बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन्। उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि दुर्व्यवहार भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार