जन्ती बोकेको बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, १६ जना घाइते

२०८० फाल्गुन ७ गते, सोमबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय तनहुँले जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु र १६ जना घाइते भएको जनाएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन्। मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी गाउँपालिका-१ थिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडकखण्डमा सोमबार बिहान राति साढे १२ बजे दुर्घटनामा परेको हो। बोलेरो अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए। दुर्घटनामा आशवीरको घटनास्थलमै मृत्यु भएको थियो।
तुलसीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ३:४० बजे मृत्यु भएको खाणले बताए। दुर्घटनामा चालकसहित १६ जना घाइते छन्। घाइते हुनेमा आबुखैरेनी गाउँपालाक-६ की १५ वर्षीया सुविना गुरुङ, ६७ वर्षीया मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, ६ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका-३ सुखौराका १० वर्षीय शिशिर गुरुङ रहेका छन्। उनीहरूको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।
चालक आबुखैरेनी-१ गिराउनचौरका ३८ वर्षीय राजकुमार विश्वकर्मा, आबुखैरेनी-६ का ५६ वर्षीय सोमलाल गुरुङ, ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आशमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ र १८ महिने बालक सुसान गुरुङ रहेका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको खाणले बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार