सम्पर्कमा नरहेका प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्शालले सार्वजनिक सूचनामार्फत सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिंदै अन्यथा सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।
