एम्बुलेन्सभित्र २७३ किलो गाँजा !

२०८० फाल्गुन १३ गते, आईतवार


काठमाडौँ । प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका–१, चतराबाट आज बिहान को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको जनाएको छ । एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलोको सो गाँजा बरामद गरिएको हो । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र गाँजा भेटिएको सुरक्षा बेस चतराले जनाएको छ । बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बुझाइएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बुवाको मुख हेर्ने दिन

२०८२ भाद्र ७ गते, शनिबार

आज कुशे औँसी

२०८२ भाद्र ७ गते, शनिबार

मनसुनी गतिविधि बढ्ने

२०८२ भाद्र ७ गते, शनिबार