सहिदहरुले देखाएको बाटोमा अगाडि बढौं

२०८० फाल्गुन १४ गते, सोमबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले विश्वभरका सर्वहारा श्रमजीवी वर्ग उत्पीडित राष्ट्रहरुले ती महान् सहिदहरुले देखाएको बाटोमा अगाडि बढेर मात्र उहाँहरुप्रति सच्चा श्रध्दान्जली ठहर्ने बताएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली सहिद दिवसको अवसरमा बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन्।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ;आज २०८०साल फागुन १४ गते । सहिद दिवस । आज नेपालका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले महान् दस वर्षे जनयुद्धका महान् सहिदहरुको सम्झनामा देशव्यापी रुपमा सप्ताहव्यापी सहिद दिवस मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुकन्ह छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान् दश वर्षे जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल लगायत दशौं हजार महान् सहिदहरु , सुखानी हत्याकाण्डका अमर सहिदहरु लगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् तथा अमर सहिदहरु कमरेड चे ग्वेभारा , कमरेड गोन्जालो , महान् पेरिस कम्युन तथा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एवं महान् चिनिया नयाँ जनवादी , कोरियन क्रान्ति भियतनामी क्रान्ति , कम्वोडियाली क्रान्ति , क्वुवाली क्रान्ति , पेरु तथा भारतीमा सञ्चालन गरिएका सशस्त्र जनयुद्धमा साहदात प्राप्त गर्नुभएका अमर सहिदहरु तथा साम्राज्यवाद विरोधी कोरियान युध्द , भियतनामी युध्द तथा संसारभर साम्राज्यवाद तथा सामन्तवाद विरोधी आन्दोलन समेतका लाखौं महान् सहिदहरुको सम्झना गर्दै उच्च सम्मानका सात हार्दिक श्रध्दान्जली अर्पण गर्दछ र विश्व सर्वहारा क्रान्ति अवश्यम्भावी छ । त्यसैले आजको यस ऐतिहासिक दिनमा संसारभरका जनसमुदायका अमूल्य सम्पतिका रुपमा रहेका लाखौं महान् तथा अमर सहिदहरुको रगत खेर जाने छैन भन्ने आशा व्यक्त गर्दै विश्वभरका सर्वहारा श्रमजीवी वर्ग उत्पीडित राष्ट्रहरुले ती महान् सहिदहरुले देखाएको बाटोमा अगाडि बढेर मात्र उहाँहरुप्रति सच्चा श्रध्दान्जली ठहर्नेछ भन्ने हाम्रो प्रतिबधाता जाहेर गर्न चाहन्छौं । र , हामीले मार्क्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शन र आलोकमा हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको निर्देशन र योजनामा महान् विश्व सर्वहारा क्रान्तिका पक्षमा लेख्न , बोल्न र प्रचारप्रसार गर्न कुनै कसर बाँकी राख्ने छैनौं भन्ने प्रतिबद्धतासमेत जानकारी गराउन चाहन्छौं ।’

प्रतिक्रियाहरु

[anycomment]