सहिद, बेपत्ता परिवार तथा घाइतेहरुलाई अभिनन्दन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले दंगिशरण गाउँपालिकामा सहिद , बेपत्ता परिवार एवम घाइतेहरुलाई अभिनन्दन गरेको छ । सोमबार जनयुद्धका महान सहिद , बेपत्ता परिवार तथा घाइतेहरुलाई अभिनन्दन गरिएको नेकपा पश्चिम दाङले जनाएकको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम् दाङ जिल्ला प्रदिप सीको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा सहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य धर्ती सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी , नेकपा पश्चिम दाङका जिल्ला कमिटी सदस्यहरु प्रतिरोध सी , प्रकृति सी , मनोज सी , अरुणा सी , अखिल नेपाल महिला संघ क्रान्तिकारी पश्चिम दाङ जिल्ला कमिटी सदस्य भावना सी , सहिद परिवारको तर्फबाट सीता बस्नेत , युवा संगठन नेपालका नेता आकाश सी लगाएतको आतिथ्य रहेको थियो ।
अभिनन्दन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम् दाङ जिल्ला प्रदिप सी , सहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य धर्ती सी , गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी, सहिद परिवारको तर्फबाट सीता बस्नेत , युवा संगठन नेपालकि केन्द्रीय सदस्य जिवनी सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्य प्रकृति सी लगाएतले मन्तव्य व्यक्त गरेका थिए।
नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य एवम सहिद पुत्र प्रतिरोध सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुर नगर इन्चार्ज भुवन सीले गरेका थिए भने अध्यक्षता पार्टीका पश्चिम दाङका सेक्रेटरी निर्मल सीले गरेका थिए ।
यसैगरी, सहिद सप्ताहकाे पहिलो दिन दक्षिण बाराले फाेटा गाउँपालिकामा सहिद परिवारलाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पुर्वी नारायणी ब्युरो इन्चार्ज रक्तिक सी थिए भने दक्षिण बाराको सेक्रेटरी जिज्ञाशु सीकाे अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सहिद परिवारलाई ब्युरो इन्चार्ज रक्तिम सीले दाेसल्ला ओेढाएर सम्मान गरेका थिए । समाजसेवी कुसलवा नि खातुनलाई पनि सम्मान गरिएकाे थियो ।

ब्युरो इन्चार्ज रक्तिम सीले कार्यक्रममा सम्बाेधन गर्दै सहिदका सपना पूरा नभएको भन्दै उनले देश र जनताको रक्षा र समाजवाद हुँदै वैज्ञानिक समाजवादसम्म नपुगि आफुहरुकाे संघर्ष नराेकिने दाबी गरे । कार्यक्रमकाे संचालन अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे केन्द्रीय सदस्य इमरान सीले गरेका थिए ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य मुक्तार सीले गरेका थिए । उक्त कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, कृषक लगाएतकाे उपस्थिति थियो ।