सीमामा एसएसबीको ज्यादती !

२०८० फाल्गुन १६ गते, बुधबार


काठमाडौँ । पूर्वी नेपालको भारतसँग सीमा जोडिएको भेगमा बसोवास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्दै गएको गुनासो गरेका छन् । स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोली समक्ष सीमा क्षेत्रका नेपालीवासीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीबारे आवाज उठाएका हुन् । सीमा क्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रुखो र अभद्र प्रकृतिको रहेको नेपाली भूमि तर्फका बासिन्दाको भोगाई छ ।
सीमा क्षेत्रमा स्थानीयको धारणा र दशगजा क्षेत्रको अवस्था बुझ्न तीन दिने पैदल यात्रामा निस्केका सुनसरीका जयनायारण आचार्यले स्थानीयका प्रत्यक्ष गुनासा र समस्या सम्बोधनका सवालमा सरकारको ध्यानाकर्षण गराइने बताए ।
सीमाका बासिन्दाले एसएसबीले नेपालीलाई स–साना कुरामा भाटा हान्ने, कुटपिट गर्ने र अनाहकमा पक्राउ गरी दुःख दिने जस्ता कार्य गर्दै आएको नेपाली सुरक्षा निकाय समक्ष दुखेसो गरेका हुन । सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भूकम्प स्मृति दिवस मनाइँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

देशभर गर्मी बढ्यो

२०८२ बैशाख १० गते, बुधबार