युवा संगठन नेपाल पश्चिम अछामको अध्यक्षमा गोविन्द सी

२०८० फाल्गुन २९ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल पश्चिम अछामको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ। सोमबार साँफेबगरमा सम्पन्न सम्मेलनले अध्यक्ष गोविन्द सी लगाएत २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो। सम्मेलनले उपाध्यक्ष रेशम सी र हिना जैगडी,सचिव सुशील भूल,सहसचिव दिपक साउद र अनिल टमट्टा, कोषाध्यक्ष पवित्रा विश्वकर्मा लगाएत २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।
सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य विकल्प सी, अतिथि नेकपा केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सी,नेकपा पश्चिम अछाम कमाण्ड इन्चार्ज तिलक सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज कुमार सी,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य खेमराज बुढा, नेकपा पश्चिम अछाम जिल्ला सदस्य विनोद सी, अखिल (समाजवादी) अछामका उपाध्यक्ष दिनेश सी, राजेन्द्र सी साधारण शाखा सदस्य लगाएत अतिथि रहेका थिए। – कमल विश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु