२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विगत लामाे समयदेखि सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक चार जना, प्रहरी हबल्दार १, प्रहरी जवान १७ र २ जना प्रहरी कार्यालय सहयोगी सहित २३ प्रहरी विगत एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्।

यसबीचमा खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गरेर जनाएको छ। आज जारी सूचनामा उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले गराएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार