मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार


काठमाडौं । मुग्लिन–नारायणगढ सडकको रामनगरमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । चितवनको भरतपुर–१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो ।
दुर्घटनामा परी चितवन भरतपुर मनपा–११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर–५ का ४० वर्षीय केशर साह, भरतपुर–२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर–१४ का ५३ वर्षीय हरिराम ढकाल र ५१ वर्षीया धनुमाया ढकाल, भरतपुर–२ का ३० वर्षीय काशी उपरकोटी, भरतपुर–२० का ४७ वर्षीय तुलबहादुर घले र गोर्खा सिरानचोक–१ की २६ वर्षीया प्रीति रम्तेल घाइते भएका हुन् । उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार