पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो।
परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने गरेको अभियोगमा लिम्बूलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ परेका लिम्बूसँग कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान, मोबाइल दुई थान र आइफोन एक थान बरामद गरेको छ। पक्राउ परेका लिम्बूसँग सोधपुछ र अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार