अखिल क्रान्तिकारी ट्रेड युनियन महासङघ कास्कीको अध्यक्षमा मिलन सी

२०८० चैत्र २४ गते, शनिबार


काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको आठौं जिल्ला सम्मेलनले मिलन सी को नेतृत्वमा ३१ सदस्सीय जिल्ला समिती र ७ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्ष गौमती सी, सुरज सी, तुलसा सी त्यस्तै सचीवमा राजु सी, सहसचिवमा अर्जुन सी र कोषाध्यक्षमा विमल सी निर्वाचित भएका छन् ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै महासङ्घका महासचिव टेक प्रधानले आगामी वैशाख १९ मा हुन गैरहेको राष्ट्रिय सम्मेलनको तयारीमा सिङ्गो सङ्गठन लागीरहेकोले आम मजदुरको आवाज बोक्ने संगठनको सम्मेलन तायारीमा लाग्नु पर्ने बताउदै कास्कीको मजदुर आन्दोलनले अब नयाँ सन्देश दिन सफल हुने बिश्वास व्यक्त गरे ।
उक्त सम्मेलनमा पार्टी केन्द्रीय सदस्य उभार, जिल्ला इन्चार्ज काजी, सेक्रेटरी परिवर्तन, मजदुर नेताहरु सन्तोष, शिव र सागरले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय सदस्य सीता सी र सञ्चान राजु सी ले गरेका थिए भने प्यानल प्रस्ताव सन्तोष सी ले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]