भारतसँग सीमा जोडिएका चार जिल्लाका नाका बन्द

२०८१ जेष्ठ ५ गते, शनिबार

काठमाडौँ । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका छन् । भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । सोमवार भारतको मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गएराति १२ बजेदेखि पर्सि सोमवार राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहनेछन् । यस्तै मधुवनीमा हुन लागेको चुनावलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा पनि आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द गरिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल्वे सेवा मंलबारदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु