जनकपुर-जयनगर रेल्वे सेवा बन्द

२०८१ जेष्ठ ५ गते, शनिबार


काठमाडौँ । भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा हुन् लागेको लोकसभाको निर्वाचनका कारण जनकपुर-जयनगर रेल्वे सेवा शनिबारदेखि तीन दिनसम्मका लागि बन्द भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले विज्ञप्ति जारी गरी जेठ ७ गते सोमबारसम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिए। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु