लुटपाट गर्ने २ जना पक्राउ

२०८१ जेष्ठ ७ गते, सोमबार


काठमाडौँ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहटको मौलापुर नगरपालिका-४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही ठाउँका २० वर्षीय राधेश्याम साह छन् । बूढानीलकण्ठ नगरपालिका-३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको गलाको सिक्री सरोजकुमारले ४ जेठमा लुटेको आरोप लागेको छ । पसलमा बसिरहेको अवस्थामा थापाले गलामा लगाएको एक तोला ९२ लालको सुनको सिक्री उनले लुटेका थिए । सिक्रिसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार