बुद्ध जयन्ती मनाइँदै

२०८१ जेष्ठ १० गते, बिहीबार

काठमाडौँ । आज वैशाख शुक्ल पूर्णिमा , शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा र आराधना गरि बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापना गर्न गरेको योगदानका लागि स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउने गर्दछन् । भगवान् गौतम बुद्धले ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता थुप्रै सन्देशहरु प्रवाह गर्नु भएको छ । यसैले आजको दिनमा शान्तिको कामना गर्दै देशभर बुद्धको २५६८ औँ जयन्ती मनाइँदैछ ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्दछन् भने आम नागकिलाई साँझ घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने गरिन्छ ।
सिद्धार्थ गौतमको इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लाको लुम्बिनीमा पिता राजा शुद्धोधन र माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन जन्म भएको थियो । मानिसका दुःख देखेर चिन्तित बनेका राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा तपस्याका लागि दरबार छोडेका थिए ।

आज बुद्ध जयन्ती र उँभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु