कर्णाली– बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्चको संयोजकमा विराट सी

२०८१ जेष्ठ १५ गते, मंगलवार

काठमाडौँ । कर्णाली– बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्चको प्रथम भेलाले कर्ण सी (विराट)को संयोजकत्वमा २१ सदस्सीय कर्णाली– बाँके नेपालगन्ज समाजवादी सम्पर्क मञ्च गठन गरेको छ । बाँकेको कोहलपुरमा सोमवार आयोजना गरिएको सो भेलाले सदस्ययमा प्रभाजित सी, सभ्यता सी,रोशन सी,एलान सी,मदन थापा, रामबहादुर वुढा सुमन आर्चाय,देव वहादुर डिसी,खेम वहादुर डिसी,जयलाल सी,ज्योति सुनार,सन्तोस कुमार उपाध्याय,झरना सी,आक्रमण सी, दिनेश शाही लगायतलाई चयन गरेको छ ।
कर्णालीका विकटवस्तीका अधिकाँस जनताहरु बाँकेको नेपालगन्ज कोहलपुर मौषम अनुसार बस्ने भएकाले उनीहरुलाई संगठिन गर्न र समाजवादी क्रान्तिमा गोलबन्द गर्न मञ्च गठन गरिएको संयोजक कर्ण सीले बताएका छन ।
भेलामा नेकपाका पोलित्बुरो सदस्य आधार सीले हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गरौं,समाजवादी नमुना कर्णालीका लागि सहर्ष सहकार्य गरौं भन्ने मुल नाराको प्रस्ताव पेश गरेका थिए ।
कर्णाली प्रदेशका नेताहरुको सहभागीता र बाँकेमा वस्ने जनताहरुको उपस्थितिमा सफलतापूर्वक भेला सम्पन्न भएको हो । भेलाले आबधिक साम्राज्यवादी मिशन ८४ लाई परास्त गरी समाजवादका लागि मिशन ८४ को तयारीमा जुट्ने निर्णय गरेको छ ।
भेलाले दलाल सत्ताको बिकल्प नेपाली बिशेषताको समाजवाद भएको निश्कर्ष निकाल्दै सबैलाई लामबद्ध हुन अपिल गरेको छ । भेलाको उद्घाटन नेकपाका स्थायी समिति सदस्य कर्णजित सीले गरेका थिए । उनले उद्घाटनमा भूगोल र जनता दुवैलाई जोडेर मात्र समाजवाद स्थापना हुने दाबी गरे ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा समाजवादी सम्पर्क मंचका कर्णाली प्रदेशका संयोजक आधार सीले प्रस्तुत गरेको अवधारण पत्र यसप्रकार छ – ‘हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गरौं ! समाजवादी नमुना कर्णालीका लागि सहर्ष सहकार्य गरौं !!
बिश्व राजनीति तिब्रगतिमा ध्रुबिकृत र बिस्फोटक अबस्थामा गुज्रीरहेको छ । तेश्रो बिश्वयुद्धको संकेत देखा परिरहेको छ । बिश्व राजनीतिक ध्रुबिकरणको दवाव नेपालमा पनि परिरहेको छ । दलाल पुँनीवादी सत्ताका प्रमुख अंगहरु न्यायपालिका , कार्यपालिका , ब्यबस्थापिका जनबिरोधी गतिबिधीमा नाङ्गो रुपमा उत्रीएका छन । भ्रष्टाचार , तस्करी, घुसखोरीको परिणाम अशान्ति ब्यापक रुपमा देखिन्छ । बैदेशिक हस्तक्षेपका कारण दलाल पुंजीवादी राज्यसत्ताले लोकतान्त्रीक गणतन्त्रलाई तिब्र दलालीकरणको दिशातिर मोडिरहेको छ । युवाहरु दिनानुदिन बिदेश उडिरहेका छन । लोकतान्त्रीक गणतान्त्रीक सरकार बैदेसिक हस्तक्षेप रोक्ने सामर्थ्य देखाउन सक्ने अबस्थामा छैन । पैसाको प्रलोभनमा किनिएका नेपाली दलाल मार्फत अमेरिकी घुसपैठ कमजोर कडीमा ब्यापक र गंभिर भैरहेको छ । एमसिसि , एसपिपि , आईपिएस यसका ज्वलन्त उदाहरण हुन । नेपालका कम्युनिस्ट – समाजवादीहरुलाई सिध्याउने उसको रणनीति छर्लङ्गै छ । साथै नेपालका प्राकृतिक सम्पदाहरुमा आफ्नो प्रभुत्व कायम गर्ने र नेपाललाई युक्रेनमा बदल्ने उसको रणनीतिले नेपाली राष्ट्रीयता अपहरित भैरहेको छ । बित्तिय पुँजीको बिस्तारका कारण लघुबित्त र एनजिओ ,आईएनजीओ जस्ता दलाल संघ, संस्थाहरु मार्फत नेपालीहरुलाई उठिवास लगाउन खोज्दा पीडितहरु जीवनमरणको संघर्षमा उत्रीरहेका छन । संसदवादी दलहरुको काम नै एकापसमा झगडिनु र एकले अर्काको भण्डाफोरमै पाँच वर्ष बिताउनु हो जस्तो अबस्थामा छन । बिकास निर्माणका कामहरु लथालिङ्ग अबस्थामा छन । बिकासको गति अत्यन्तै धिमा देखिन्छ । नेपालीहरुलाई राजनीतिक अस्थिरता मन परिरहेको छैन ।
यसर्थ ,माओवादी एकता आजको आबश्यक्ता बनिरहेको छ । कम्युनिस्टहरुको सहकार्य , मोर्चाबन्दी ध्रुबिकरण र कम्युनिस्ट आन्दोलनको पुनर्गठन अबको बिकल्प बनिरहेको छ । भूमण्डलीकृत पुँजीवाद – साम्राज्यवादको हस्तक्षेप र घुसपैठ रोक्न र दलालपुँजीवादी राज्यसत्तालाई समाजवादमा रुपान्तरण गर्न सम्पूर्ण बमपंथी शक्तिहरु बिच मित्रताको खाँचो खट्किरहेको छ । साथै चार मित्र शक्तिहरु – कम्युनिस्ट शक्ति , समाजवादी शक्ति , लोकतन्त्रीक गणतन्त्रवादी शक्ति र देशभक्त शक्ति एकजुट हुन जरुरी छ । त्यस्तै चार वर्गहरु – किसान , मजदुर , मध्यमवर्ग र राष्ट्रीय पुँजीपति वर्ग साथै छ वट जनसमुदायकरु – आर्य – खस , जनजाति , मधेसी , मुस्लिम , श्रमिक समुदाय र महिला एकजुट भएर मोर्चा कसेमा बैदेशिक हस्तक्षेपको प्रभाव निस्तेज हुनुको साथै नेपालीहरुको राज नेपाली बिशेषताको समाजवादमा हुने संभावना प्रबल छ ।तेश्रो बिश्वयुद्धमय अन्तरबिरोधको बिकल्प बिश्व शान्ति र नेपाली समाजवादको जन्म अबस्य हुनेछ ।
यसप्रकारको अशान्त अर्थ – राजनीतिक परिदृश्यले हामी कर्णालीवासीहरुको काँधमा बिशेष जिम्मेवारी सुम्पिएको छ कि हाम्रो कर्णालीलाई समाजवादी कर्णालीमा रुपान्तरण गर्ने । यसर्थ , समाजवादी नमुना कर्णाली निर्माण अभियानमा हामी कर्णाली – बाँके , नेपालगन्ज आवासी प्रीयजनहरुसंग समाजवादी सम्पर्क मंच नामक सितल चौतारीमा सहृदयी फराकिलो – गहकिलो – अग्रगामी सम्बन्ध र सहकार्य गर्न चाहन्छौं । किनभने , शीरमा जलटावरसरी हिमाल , छातिमा कन्चन कर्णाली , संजिवनी जडिबुटी र अक्सिजनयुक्त जंगल , आँतमा खनिज ,फाँटमा अन्नबाली हाम्रा समृद्धि र उन्नत जीवनका आधारहरु हुन । भौतिकवादी दृष्टिकोण – बैज्ञानिक विचार – समाजवादी – राजनीतिमा सुस्पष्ट भएकै कारण कर्णाली प्रदेशको जनजीवनले बलिदानका गौरवगाथाहरु इतिहासमा सगर्व दर्ज गरिसकेको छ । बहु भाषा , बहु संस्कृति , बहु जाति सहितको बहुल समाजभित्र नेपाली बिशेषताको एक अंग कर्णालीको मौलिकता , पहिचान र सामर्थ्य अन्तर्निहित छ । कर्णाली केन्द्रीकरण , समाजवादी सामुहिक नेत्रीत्व र सचेत पहलकदमीको जनसंघर्षशील अग्रगतिले कर्णाली परिवारको माग गरिरहेको छ । यसर्थ , सम्पर्क सम्बन्ध र सहकार्यको वातावरण निरन्तर निर्माण गरौं । पौरख पोख्ने ईच्छा शक्ति , आत्मनिर्भर अर्थ उत्पादन सम्बन्ध सहितको समृद्ध कर्णालीको अग्रभागिय स्वस्थ प्रतिस्पर्धायुक्त सहभागिता बिनाको समाजवादी सुन्दर नेपाल कल्पना गर्न सकिदैन । आबधिक साम्राज्यवादी मिशन ८४ लाई परास्त गर्न समाजवादका लागि मिशन ८४ को आजैदेखि तयारीमा जुटौं । दलाल सत्ताको बिकल्प नेपाली बिशेषताको समाजवादमा लामबद्ध होऔं !’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु