सर्वेक्षक गुप्ता ३५ हजार घुससहित पक्राउ

२०८१ जेष्ठ २५ गते, शुक्रबार


काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]