समाजवादी लक्ष्य हासिल गर्न युवा आन्दोलनलाई नयाँ उचाईमा विकाश गर्न जरुरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालका केन्द्रीय सचिव अनील सीले समाजवादी लक्ष्य हासिल गर्न युवा आन्दोलनलाई नयाँ उचाईमा विकाश गर्न जरुरी भएको बताएका छन। नेपालको लुम्बिनी प्रदेश समितिको प्रथम पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। सचिव अनील सीले समाजवादी लक्ष्य हासिल गर्न युवा आन्दोलनलाई नयाँ उचाईमा विकाश गर्न आफ्नो जिम्मेवारप्रति उत्तरदायी बन्न र आफैमा सृजनशिल बन्न, साथै पार्टी र क्रान्तिको लागि संगठनलाई समाजवादी युवा मैत्री बनाउन संगठन सुदृढ तथा विस्तार अभियान गाउँ गाउँमा लैजान निर्देशनसमेत दिएका छन । उनले नेकपाको पाँचौ केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकमा भएका निर्णयहरुलाई हुबहु पालना गर्न र पार्टीलाई भरपुररुपमा सहयोग गर्नसमेत निर्देशनसमेत दिएका छन्।
सोमबार दाङस्थित तुल्सिपुर उपमहानगर पालिका नयाँ बस्पार्कमा संगठनका केन्द्रिय संचिवलय तथा लुम्बिनी प्रदेश ईन्चार्ज दिपक सीको अध्यक्षतामा बसेको बैठकले संगठनलाई समाजवादी युवा मैत्री संगठन बनाउन अभियान चलाउने निर्णयसहित बैठक सम्पन्न भएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बिषम सीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज सबिन सीको बिशेष आतिथ्यता रहेको थियो। बैठकमा अतिथीको रुपमा नेकपाका केन्द्रीय सदस्य तथा संगठनका लुम्बिनी प्रदेश फ्याक्सन ईन्चार्ज सम्झना सी, पार्टी केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं २ का ईन्चार्ज पाटन सी, पार्टी केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं १ का ईन्चार्ज बिक्रम सी, केन्द्रीय प्रतिनिधि सदस्य तथा संगठनका केन्द्रीय सचिव अनील सी, संगठनका केन्द्रीय कोषाध्यक्ष जिबनी सी, संगठनका केन्द्रीय संचिवलय सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज बिबेक सीको उपस्थिति रहेको थियो।