टिप्पर र बस ठोक्किँदा २१ जना घाइते

२०८१ असार ४ गते, मंगलवार


काठमाडौँ । झापाको कमल गाउँपालिका वडा न ४ चुलाचुली मोडमा मंगलबार बिहान बस र टिप्पर जुधेर दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ नं. को टिप्पर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ नं.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
दुर्घटनामा परेर बसमा सवार रहेका २१ जना यात्रुहरुहरु घाइते भएको र उनीहरूको उद्धार गरेर उपचारको लागी दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको चन्दले जानकारी दिए ।
स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । झापा कमल गाउँपालिका वडा नं. ४ बस्ने ३८ वर्षीया बिनु लिम्बु र दमक नगरपालिका वडा नं. ५ बस्ने ४२ वर्षीय कलिन्द्र शेर्मालाई थप उपचारका लागि बिएण्डसि अस्पताल लगिएको छ ।
यसैगरी मोरङ मधुमल्ला ८ बस्ने ३६ वर्षीया कल्पना कटुवाल उनको नाम खुल्न नुसकेको करिब ४ वर्षीय छोराको दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का वर्ष ४० वर्षीया पूर्णमाया पोखरेल, दमक नगरपालिका वडा नं. ८ बस्ने ५१ वर्षीय होम बहादुर भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका वडा न ५ बस्ने ३८ वर्षीया शारदा खड्का, दमक नगरपालिका –५ बस्ने ४५ वर्षीय अच्युत निरौला, कमल गाउँपालिका वडा नं. ५ बस्ने ३८ वर्षीया लीला चौहानलाई थप उपचारका लागि न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जनाए ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र दमककै विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । दुर्घटना स्थलबाट बस चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा न. ३ बस्ने ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा जिल्ला गणेशमान नगरपालिका ५ बस्ने ३४ वर्षीय शेर बहादुर राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु