नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असार २२ गते

२०८१ असार ८ गते, शनिबार

काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ। यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ। असार १० गतेसम्म मतदाता नामावली उपर दावी विरोधको समय निर्धारण गरिएको छ। असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार