युवा संगठन नेपाल कैलालीद्वारा २ बिगाहा खेतमा धान रोपाई

२०८१ असार २१ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले कैलालीमा धान रोपाई सम्पन्न गरेको छ । बिहीबार संगठनका अध्यक्ष दिनेश सीको विशेष उपस्थितिमा २ विगाहामा जमिनमा धान रोपाई सम्पन्न भएको हो ।
धान रोपाई कार्यक्रममा रोपाईमा संगठनका अध्यक्षसहित संगठनका प्रदेश इन्चार्ज सुशील सी, सचिवालय सदस्य कुमार सी, केन्द्रीय सदस्य रिम सीको सहभागितामा घोडाघोडीको लोहरपुरमा २ विगाहामा रोपाई सम्पन्न भएको युवा संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिले जनाएको छ ।
सिंगो पार्टीसहित उत्पादनमा जोड दिएको संगठनले देशैभर उत्पादन कार्यलाई तिब्रता दिएको र झापा, दाङ र कैलालीमा करिब साढे ४ विगाहामा उत्पादन गरिरहेको संगठनका अध्यक्ष दिनेश सीले बताएका छन्। अध्यक्ष दिनेश सीका अनुसार कर्णालीमा कोदो रोप्ने कामसमेत भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार