नेकपा रुपन्देहीद्वारा सहिद परिवारको खेतमा श्रमदान
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनयुद्धका सहिद दुर्गा पाण्डे र बेपत्ता योद्धा युवराज पाण्डेको आमा तुल्सा पाण्डेको खेतमा श्रमदान गरेको छ । सो पार्टीका पोलिट ब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको नेतृत्वमा पार्टी केन्द्रीय सदस्य शरद सी, विश्वास सी तथा रुपन्देही सेक्रेटरी विरेन्द्र सी लगायतको सहभागितामा सहिद दुर्गा पाण्डे र बेपत्ता योद्धा युवराज पाण्डेको आमा तुल्सा पाण्डेको खेतमा श्रमदान गरि धान रोपाइँ सम्पन्न गरेको हो ।
उक्त रोपाइँमा दर्जनौं स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुमा समेत पार्टीले श्रमदान गरि रोपाइँ अभियान संचालन गरिरहेको छ ।