नौबिसे–मलेखु सडकखण्ड राति बन्द हुने

काठमाडौँ । नागढुंगा–मुग्लिङ सडक आयोजनाले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आजबाट १५ दिनका लागि राति ५ घन्टा बन्द हुने जना एको छ । आयोजनाले नागढुंगा–मुग्लिङ सडक आयोजनाले जारी गरेको सूचनामा राति १० देखि बिहान ३ बजेसम्म सडक बन्द हुने जनाइएको हो ।
उक्त सडकमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको मर्मतका लागि सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।
आयोजनाले सडकखण्डमा लेन अनुशासन कायम गरेर सवारीसाधन चलाउन र ओभर टेक नगर्नसमेत आग्रह गरेको छ । यो बाटोको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक पनि प्रयोग गर्न सकिने आयोजनाले जनाएको छ ।